दफा २६३
बैङ्क नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैङ्क नोटमा लेख्न नहुने

(१) अधिकार प्राप्त अधिकारीको आदेश विना कसैले मुद्राको रुपमा ग्राह्य भएको बैङ्क नोट वा सिक्कालाई जलाउन वात्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन ।
(२) कसैले बैङ्क नोटमा लेख्न वा कोर्न हुँदैन ।
(३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्मजरिबाना हुनेछ ।